डम्बर निदाल
डडेल्धुरा – छैटौ संबिधान दिवस को अवसरमा नेपाल बिधार्थी संघ डडेल्धुराले राखेको बिरामी लाई फलफुल बितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख गणेश राज भट्टले सबैखाले बिरामीका लागी सर्बशुलभ स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने बताएका छन् ।
फलफुल वितरण कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख भट्टले डडेल्धुरा अस्पताल का विरामी लगाएत सम्पुर्ण दिर्घरोगका विरामीले सजिलै र सौलियत दरमा उपचार पाउनु पर्ने जनाएका हुन् । कोरोना माहामारी वढि रहेको वेला कोभिड १९ का विरामीले आईसोलसन मा उपचार गर्न पाउनु पर्ने व्यवस्था सरकारले अझै पनि मिलाउन नसेकेकाले चाडै सो व्यवस्थाका लागि पहल गरिनु पर्ने समन्वय प्रमुखले बताए ।
संबिधान दिवस को अवसरमा नेपाल बिधार्थी संघ डडेल्धुराले विविध कार्यक्रम गर्नुका साथै डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेका छन् । अस्पतालमा उपचाररत ५० जना विरामीलाई नेविसंघ डडेल्धुराले फलफुल वितरण गरेको हो ।
शनिवार परेको संविधान दिवसको अवसर पारेर नेविसंघले जिल्ला समन्वय समितीका प्रमुख गणेशराज भटट्को प्रमुख आथित्यमा पार्टी सचिव लक्ष्मी अवस्थी, नगर सभापती दानबहादुर पाल लगाएका नेताहरुको सहभागितामा फलफुल वितरण गरेको नेविसंघ डडेल्धुरा कार्यावाहक सभापती हरिष महराले वताए ।
साथै स्वास्थ्य सम्वन्धिको हक नेपालको संविधान २०७२ मा रहेका मौलिक हक अन्तर्गत समेटिएकाले हरेक किसमका विरामीले शुलभ र सरल तरिकाले स्थानिय स्तरमा नै उपचार पाउनु पर्ने व्यवस्था गरिनु पर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा नेविसघंका कार्यवाहक सभापती महराले संविधानमा अगिंकार भएका हरेक मौलिक हकलाई सरकारले व्यवहारतह ल्याउनु पर्ने मा जोड दिएका छन् । संविधान आएको पाँचवर्ष भन्दा वढि समय वितिसक्दा पनि अझै ग्रामिण भेगका जनता स्वास्थ्य सेवाको पँहुच भन्दा टाढा रहेको कुरा स्मरण गराएका छन् । साथै सविंधानले दिएका मुलभुत कुराहरु सरकारले नै पालना नगरेको कार्यक्रममा सहभागी वक्ताहरुको आरोप रहेको छ ।
संविधान कार्यान्वयनमा सबैको समान सहभागिता हुनु पर्ने भएपनि सरकारी तवरवाट वढि जिम्मेवार बन्न डडेल्धुरा नेविसंघले सुझाएका छन् ।