हाडिगाउँमा स्थानीय र प्रहरीबीच अन्तर्कृया सम्पन्न

आमनागरिक र प्रहरीबीच समन्वय भएमात्रै समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने सरोकारवालाले बताएका छन् ।

शनिबार महानगरीय प्रहरी वृत्त कमलपोखरीले काठमाडौं–५ स्थित ढुंगाधारामा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘सामाजिक सुरक्षा विषयक’ अन्तरक्रियाका वक्ताहरुले प्रहरी र स्थानीयबीच समन्वय भए समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उपलब्धि देखिने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद नारायण सिलवालले स्थनीय नागरिकलाई कानुनी सचेतना प्रदान गर्नु सराहनीय कदम भएको र नागरिकको सहकार्यबिना शान्तिपूर्ण समाज निर्माण गर्न असम्भव भएको बताए । समाजमा अपराध घटाउनका लागि स्थानीयबासीले पनि विशेष रुपमा सजग हुनुपर्ने र प्रहरीलाई सहयोग गर्नुपर्ने उनले बताए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले सामाजिक विकृतिको कारण सृजित अपराधको रोकथाम र न्यूनिकरणका लागि प्रहरीले स्थानीय सरकार, विद्यालय, समुदाय र सामाजिक संघ–संस्थासँग सहकार्य गरिरहेको बताए । कार्यक्रमका सहभागीले राखेका जिज्ञासाको उनले सम्बोधन गरेका थिए । काठमाडौं–५ का वडाअध्यक्ष रमेश डंगोलले सामाजमा अपराध न्यूनिकरणका लागि प्रहरीसँग मिलेर अघि बढ्ने बताए ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको