काठमाडौ-नेपाली कांग्रेस काठमाडौं रामेछाप सम्पर्क समितिले अाज संविधान दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम गरेकाे छ । समितिले अाज छैटौं संविधान दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम राखेको हाे ।
काेराेना भाइरस काेभिड १९ महामारीका कारण अस्पतालहरुमा हुन सक्ने रक्त अभावलाइ कम गर्न सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रम गरिएकाे नेपाली कांग्रेस काठमाडौ रामेछाप सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस साेसाइटी काठमाडौंकाे प्राविधिक सहयाेगमा नेपाली कांग्रेस काठमाडौ रामेछाप सम्पर्क समितिले अायाेजना गरेकाे काठमाडौकाे कमलाक्षी चाेकमा भएकाे रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेकाे समितिका अध्यक्ष श्रेष्ठले बताए ।
सम्पर्क समितिले यश अघि काेभिड १९ काे संक्रमणलाई नियन्त्रण तथा न्युनिकरणका लागि रामेछाप जिल्लाका विभिन्न श्रेत्रमा नि:शुल्क स्वास्थ्य सुरक्षा सामग्री तथा दीर्घ राेगीका लागि अावस्यक अाैषधी उपलब्ध गराएकाे थियाे ।