गायक वीरेन्द्रले आफ्नो सपनाकी राजकुमारीलाई मायासंग भेट्न रथको व्यवस्था गरेपछि …

जलविद्युतको बिकासमा विगत २ दशकदेखि खटिएका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिको स्वरले सजिएको गीत “आउन माया भेटौन” को भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ।  जसमा गीतकार अम्बिका गुरुङको शब्द अनि  सङ्गीतकार दीपक शर्मा, एरेन्ज: नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रशाइलीको रहेको छ।

एकपछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने क्रममा यो अर्को दमदार साङ्गीतिक भिडियो नेपाली सङ्गीत पारखीहरुले पाउने विश्वास गरिएको छ ।  केहि समयअघि  मात्र ईन्जिनियर श्रेष्ठले पिरिमको बाढी बोलको गीत सार्वजनिक गरेका थिए सो गीतले पनि बजार राम्रै तताएको थियो।

अत्यन्तै भावमा डुबेर लेख्ने गरेकी कवि / वरिष्ठ गीतकार अम्बिका गुरुङ्कै भावना अनुरुप उत्कृष्ट भावका साथ गायन प्रस्तुत गरेका छन ई. बीरेन्द्रले.. लाग्छ उनी नेपाली सङ्गीत जगतका ब्यबसायिक पार्श्व गायक हुन ! रचना, सङ्गीत, सङ्गीत सम्योजन, मिक्सिङले पनि गीत बेजोडको छ।

ब्यस्त जीवनको बाबजुत फुर्सद हुना साथ गीत सङ्गीतमै रम्ने बानीले आफुलाइ गायक बनाएको गायक बीरेन्द्र श्रेष्ठ बताउछन।  भिडियो  दरबार भित्र शुटिङ गरिएको हुँदा अत्यन्तै राम्रो बनेको र  जसले नेपाली बजारलाइ नयाँ कुरा देख्ने बताउछन निर्देशक निशान घिमिरे। भिडियोमा पुष्प खड्का/ शृष्टि खड्का / आयुष गुरागाइ / अन्शु गुरागाईको दमदार अभिनय देख्न सक्नु हुनेछ।

गीतकार अम्बिका गुरुङ र गायक ईन्जिनियर बीरेन्द्रबिच यो चौथो सहकार्य हो। यसअघि  आँखा लाउछन, लौ है माया, शक्ति देउ, आउन माया जस्ता गीतमा सहकार्य रहेको थियो।  गायक श्रेष्ठकि छोरी सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वर मा सजियेको गीत ” मनको आकाश” लाई समेत भिडियो चाडै सङ्गीत प्रेमिले हेर्न पाउनेछन।  भिडियोलाई चाडै नै  भाबसागर युट्युब च्यानलबाट रिलिज गरिने जानकारी  गीतकार अम्बिका गुरुङले जानकारी दिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको