गायक वीरेन्द्रले आफ्नो सपनाकी राजकुमारीलाई मायासंग भेट्न रथको व्यवस्था गरेपछि …

जलविद्युतको बिकासमा विगत २ दशकदेखि खटिएका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिको स्वरले सजिएको गीत “आउन माया भेटौन” को भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ।  जसमा गीतकार अम्बिका गुरुङको शब्द अनि  सङ्गीतकार दीपक शर्मा, एरेन्ज: नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रशाइलीको रहेको छ।

एकपछि अर्को धमाकेदार म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने क्रममा यो अर्को दमदार साङ्गीतिक भिडियो नेपाली सङ्गीत पारखीहरुले पाउने विश्वास गरिएको छ ।  केहि समयअघि  मात्र ईन्जिनियर श्रेष्ठले पिरिमको बाढी बोलको गीत सार्वजनिक गरेका थिए सो गीतले पनि बजार राम्रै तताएको थियो।

अत्यन्तै भावमा डुबेर लेख्ने गरेकी कवि / वरिष्ठ गीतकार अम्बिका गुरुङ्कै भावना अनुरुप उत्कृष्ट भावका साथ गायन प्रस्तुत गरेका छन ई. बीरेन्द्रले.. लाग्छ उनी नेपाली सङ्गीत जगतका ब्यबसायिक पार्श्व गायक हुन ! रचना, सङ्गीत, सङ्गीत सम्योजन, मिक्सिङले पनि गीत बेजोडको छ।

ब्यस्त जीवनको बाबजुत फुर्सद हुना साथ गीत सङ्गीतमै रम्ने बानीले आफुलाइ गायक बनाएको गायक बीरेन्द्र श्रेष्ठ बताउछन।  भिडियो  दरबार भित्र शुटिङ गरिएको हुँदा अत्यन्तै राम्रो बनेको र  जसले नेपाली बजारलाइ नयाँ कुरा देख्ने बताउछन निर्देशक निशान घिमिरे। भिडियोमा पुष्प खड्का/ शृष्टि खड्का / आयुष गुरागाइ / अन्शु गुरागाईको दमदार अभिनय देख्न सक्नु हुनेछ।

गीतकार अम्बिका गुरुङ र गायक ईन्जिनियर बीरेन्द्रबिच यो चौथो सहकार्य हो। यसअघि  आँखा लाउछन, लौ है माया, शक्ति देउ, आउन माया जस्ता गीतमा सहकार्य रहेको थियो।  गायक श्रेष्ठकि छोरी सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वर मा सजियेको गीत ” मनको आकाश” लाई समेत भिडियो चाडै सङ्गीत प्रेमिले हेर्न पाउनेछन।  भिडियोलाई चाडै नै  भाबसागर युट्युब च्यानलबाट रिलिज गरिने जानकारी  गीतकार अम्बिका गुरुङले जानकारी दिए ।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको