आगामी ३ दिनको मौसम पूर्वानुमान: देशभरी हावाहुरीसहित भारी वर्षा, सचेत रहन आग्रह

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देखि तिन दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जानकारी दिएको छ । हाल उत्तर–पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । हावाहुरीसहित अधिक बर्षाको सम्भावना भएकाले आगामी बुधबारसम्म आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १ र २ का केही स्थानमा हावाहुरीको संभावना भएको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, २ र बागमतीका केही स्थानमा भारी वर्षाको संभावना छ। यी प्रदेशसहित गण्डकी र प्रदेश ५ मा राति हावाहुरीको पनि संभावना छ।

भोलि मंगलबार पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र मध्यम वर्षा हुनेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बुधबार पनि ती प्रदेशका केही स्थानमा हावाहुरी र भारी वर्षाको संभावना छ। देशभर सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पनि महाशाखाले जनाएको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको