अब २५ हजारमै रारा ताल घुम्न जाने हैन त ?

काठमाडौं – यती एयरलाइन्सले सस्तो प्याकेजमा घुमफिर गराउने भएको छ । एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि सस्तोमा विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ। त्यो मध्यको एक हो रारा ताल घुमफिर ।

एयर लाइन्सले मुगुको रारा ताल घुम्नका लागि दुई रात तीन दिनको प्याकेज ल्याएको छ । यो प्याकेजको लागत २५ हजार रुपैयाँ रहेको एयरलाइन्सले जनाएको छ। यसमा काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म दुई ट्रिप हवाइ यात्रा हुने छ। यो लागतमा ब्रेकफास्ट, लञ्ज र डिनर पनि समावेस गरिएको छ।

यो प्याकेज एयरलाइन्सका सेल्स अफिस तथा ट्राभल एजेन्टबाट खरिद गर्न सकिने छ। अनलाइनबाट पनि खरिद गर्न सकिने एयरलाइन्सले जानकारी दिएको छ।

एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड १९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको हो।

अहिलेको समयमा विदेशबाट पर्यटक आउने सम्भावना नभएको र स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको हो।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको