काठमाडौं– राष्ट्रिय फोटोपत्रकार समूह ,एनएफपीजे नेपाल २४ औं वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सव अवसर पारेर एनएफपीजे नेपालले आफ्ना सदस्यहरुलाई फोटोग्राफी सम्बन्धि जुम प्रविधिमार्फत ३ दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ।

संस्थाका महासचिव प्रदीपराज वन्तले वार्षिक उत्सव अवसरमा सम्पूर्ण फोटो पत्रकार तथा फोटो ग्राफर साथीहरुलाई शुभकामना व्यक्त गरेका छन्।  उनले आज मंगलबार साँझ  ७.१५ बजे आफ्ना सदस्यहरुलाई जुम प्रविधिमार्फत हुने २४ औं साधारण सभामा सहभागीताको लागि अनुरोध समेत गरेका छन्।   कोभिड १९ का कारण यसपालि कुनै त्यस्तो औपचारिक कार्यक्रम भने   आयोजना नगरिएको महासचिव वन्तले जानकारी दिए ।

यस संस्थामा देशैभर छरिएर फोटो पत्रकारिता गरिरहेका करिब २०० भन्दा बढी फोटो पत्रकारहरु एनएफपिजे नेपाललाई आफ्नो पेशागत छाता संगठन मानि आबद्ध रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया