डडेल्धुरामा ट्राफिक प्रहरीको नमस्कार अभियान

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरामा ट्राफिक प्रहरीले नमस्कार अभियान संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले नमस्कार अभियान संचालन गरेको हो । यातायात ब्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधिहरुको सहयोगमा सवारीसाधन चेक जाच गर्ने र सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नमस्कार अभियान संचालन गरेको छ ।

नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम सुदूरपश्चिमका पहाडी जिल्ला अन्र्तगत डडेल्धुरा कार्य क्षेत्रमा रहेका मुख्य राजमार्गमा शिष्टताका साथ नमस्कार गरि यात्रु संख्या सँगै यातायातका सबै सवारी साधनमा चालक तथा गाडी कागजात पनि सवारी जाँच गरि आवश्यकता अनुसार कडा कारवाही पनि गर्ने गरेको छ ।

पछिल्लो समयमा ट्राफिक प्रहरी प्रति आम जनगुनासाहरु आएको भन्दै राजमार्गमा गुडने प्रत्येक यातायातका साधनहरु सँग भद्र र मित्रवत व्यवहारका साथै सडक अनुशासन कायम गर्ने उद्देश्यका साथ दुर्घटना न्यूनिकरणका उपायहरु पनि सुझाउन थालेको र सवारी चालकहरु लाई प्रोत्तसाहन स्वरुप खुशी बनाउनका लागी सो अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रहरी सहायक निरिक्षक देव बहादुर खत्रीले बताए ।

कोरोना संक्रमण व्याप्त रहेका बेला सवारीसाधनहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, मापदण्ड अनुसार यात्रुबाहक सवारी साधनहरु चलाउनु पर्ने, लाईसेन्स र गाडी धनी पूर्जा लगायतका कागजातहरु चुस्त र नविकरण भए नभएको नियमन गर्न नमस्कार सहितको अभियान सकारात्मक र उत्साहजनक रहेको सवारी साधन चालकहरुले बताएका छन ।

ट्राफिक प्रहरीले हेलचक्र्याई गर्ने र त्रुटि भएका मोटरसाईकल तथा सवारीसाधनहरुलाई यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधिसहित असोज १ गते देखि शुरु भएको नमस्कार अभियान टोलीले बिभिन्न सवारीसाधनले ट्राफिक नियम उलंघन गरेका कारण कारवाही स्वरुप जरिवाना गरि तिस हजार जति राजस्व संकलन पनि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख देव बहादुर खत्रीले जानकारी दिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको