डडेल्धुरामा ट्राफिक प्रहरीको नमस्कार अभियान

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरामा ट्राफिक प्रहरीले नमस्कार अभियान संचालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले नमस्कार अभियान संचालन गरेको हो । यातायात ब्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधिहरुको सहयोगमा सवारीसाधन चेक जाच गर्ने र सडक अनुशासन कायम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नमस्कार अभियान संचालन गरेको छ ।

नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम सुदूरपश्चिमका पहाडी जिल्ला अन्र्तगत डडेल्धुरा कार्य क्षेत्रमा रहेका मुख्य राजमार्गमा शिष्टताका साथ नमस्कार गरि यात्रु संख्या सँगै यातायातका सबै सवारी साधनमा चालक तथा गाडी कागजात पनि सवारी जाँच गरि आवश्यकता अनुसार कडा कारवाही पनि गर्ने गरेको छ ।

पछिल्लो समयमा ट्राफिक प्रहरी प्रति आम जनगुनासाहरु आएको भन्दै राजमार्गमा गुडने प्रत्येक यातायातका साधनहरु सँग भद्र र मित्रवत व्यवहारका साथै सडक अनुशासन कायम गर्ने उद्देश्यका साथ दुर्घटना न्यूनिकरणका उपायहरु पनि सुझाउन थालेको र सवारी चालकहरु लाई प्रोत्तसाहन स्वरुप खुशी बनाउनका लागी सो अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रहरी सहायक निरिक्षक देव बहादुर खत्रीले बताए ।

कोरोना संक्रमण व्याप्त रहेका बेला सवारीसाधनहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, मापदण्ड अनुसार यात्रुबाहक सवारी साधनहरु चलाउनु पर्ने, लाईसेन्स र गाडी धनी पूर्जा लगायतका कागजातहरु चुस्त र नविकरण भए नभएको नियमन गर्न नमस्कार सहितको अभियान सकारात्मक र उत्साहजनक रहेको सवारी साधन चालकहरुले बताएका छन ।

ट्राफिक प्रहरीले हेलचक्र्याई गर्ने र त्रुटि भएका मोटरसाईकल तथा सवारीसाधनहरुलाई यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधिसहित असोज १ गते देखि शुरु भएको नमस्कार अभियान टोलीले बिभिन्न सवारीसाधनले ट्राफिक नियम उलंघन गरेका कारण कारवाही स्वरुप जरिवाना गरि तिस हजार जति राजस्व संकलन पनि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख देव बहादुर खत्रीले जानकारी दिए ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको