एनएफपीजे नेपालद्वारा ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिताको घोषणा

काठमाण्डौ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे, नेपाल) ले  वर्ष ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता कार्यक्रमको घोषणा गरेको छ। मंगलबार संस्थाको २४औं स्थापना दिवसको अवसर पारेर समूहका महासचिव प्रदीपराज वन्तले उक्त प्रतियोगिता शुरु भएको घोषणा गरेका हुन् ।

कोरोना कहरमा सरकारले चैत्र ११ गतेदेखि गरेको लकडानको अवधिमा खिचिएका तस्वीरहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत्र ११ गतेदेखि  २०७७ भाद्र मसान्तसम्म खिचिएका लकडाउन सम्बन्धि फोटोहरु समावेश गर्न पाइने आयोजकले जनाएको छ ।

लकडाउनको अबधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको संघर्ष, माहामारी पछि बच्न परिवर्तन गरेको आनिवानी, व्यवहार र लकडानमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतिका सामना गर्नु प¥यो, दैनिक जीवन, प्रकृति, पर्यावरण लगायतमा परेको प्रभावलाई समेट्ने फोटोहरु यस प्रतियोगितामा समावेस गर्ने उदेश्य रहेको छ ।

प्रतियोगितामा सहभागीहरुले बढीमा तीन वटा फोटो समावेस गर्न सक्ने व्यवस्था मिलाईएको एनएफपीजे नेपालका महासचिव वन्तले जानकारी दिए  । प्रतियोगितामा आएका उत्कृष्ट १० फोटोहरु छनौट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरहरुलाई जनही १० हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्ने महासचिव वन्तले बताए  । प्रतियोगितामा सवैले नेपालीले फोटो पठाएर प्रतियोगितामा सहभागीता जनाउन सक्ने छन् ।

प्रतियोगितामा समावेस फोटोहरु निर्णायक समितिको निर्णयलाई मान्य हुने गरी नतिजा प्रकाशन गरिने संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताए । साथै निर्णायक मण्डलहरुमा एनएफपिजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, एनएफपिजेका पूर्व अध्यक्षहरु मिनरत्न बज्राचार्य, विकास रौनियार, कविन्द्रमान शाक्य, राजभाइ सुवाल र ३६० म्यागाजिनका सम्पादक चारु चड्डाले भूमिका निर्वाह गर्नु हुने छ ।

प्रतियोगितामा सगभागिता जनाउनको लागि राष्ट्रिय फोटो पत्रकार समूहको आधिकारीक वेभसाइट ww.nfpjnepal.com र [email protected]  इमेल मार्फत फोटोको पूर्ण विवरण क्याप्सन सहित फोटो पठाउनु पर्ने छ । फोटोको साइज १२ / १८ इन्चको र ३०० रिजोलुसनको हुनु पर्ने आयोजकले जनाएको छ ।

 

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको