आइपीएल : चेन्नाइलाई हराउँदै राजस्थान विजयी

युएई – सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेपछि चेन्नाइ सुपर किङ्सविरुद्ध भारतीय प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राजस्थान रोयल्सले १६ रनको जीत निकाल्यो । तेस्रो नम्बरमा आएका विकेट किपर तथा ब्याट्सम्यान सामसुङले २३ बलमा ७४ रन बनाए । उनले ९ छक्का र १ चक्का प्रहार गरेका थिए । उनलाई कप्तान स्टेफिन स्मिथले साथ दिएका थिए । कप्तान स्मिथले ६९ रन बनाएका थिए ।

ओपनर ब्याट्सम्यान यासाबी जयसवाललाई सुरुमै गुमाएको राजस्थानको इनिङ कप्तान स्मिथ र सञ्जुले सम्हालेका थिए । जोफर आर्चरले ८ बलमा २७ रनको ठोक्नुबाहेक त्यसपछि आएको ब्याट्सम्यानहरु खासै जम्न सकेनन । चेन्नाइका लागि साम करणले ३ विकेट लिए भने दिपक चाहरले १ विकेट लिए पनि किफायती बलिङ गरेका थिए ।

२ सय १७ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेका चेन्नाइले सुरुमा राम्रै प्रदर्शन गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा लक्ष्य भेटाउन सकेन । उसले निर्धारित ओभर सकिँदा ६ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो ।

जीतका लागि १७ रन जोड्न नसक्दो चेन्नाइले पराजय व्यहोर्नु परेको थियो । मध्यक्रमका ब्याट्सम्यान फा डुब्लेसीले ३७ बलमा ७२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा २९ रन बनाउँदा केदार जादबले २२ रनको योगदान दिएका थिए । राजस्थानका लागि राहुल टेबिटीवालले ३ विकेट लिए ।

आज साँझ ७ः४५ बजे मुम्बइ इन्डियन र कोलकता नाइटराइड्स अबुदाबीको सेख जायद स्टेडियममा भिड्ने छन् । यो आइपीएलको पाँचौं खेल हुनेछ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको