अमरगढी नगरपालिकाद्वारा डडेल्धुरा अस्पताललाई २० लाखको चेक हस्तान्तरण

डम्बर निदाल
डडेल्धुरा -अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पताल लाई २० लाखको चेक हस्तान्तरण गरेको छ । डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचालन तथा संकट समाधानका लागि अमरगढी नगरपालिकाले अस्पताललाई २० लाखको चेक हस्तान्तरण गरेको हो ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना भई पिसिआर परिक्षण भईरहेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना गरीएकोे कोरोना परिक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि अमरगढी नगरपालिकाले अस्पताललाई २० लाख रुपैया सहायता गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताएका छन् ।

कोरोनाको महामारी शुरु भएसंगै डडेल्धुराका स्थानिय तहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए सोही प्रतिवद्धता अनुसार अस्पताललाई २० लाख सहयोग गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

डडेल्धुरामा कोरोना परिक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पिसिआर परिक्षण हुदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुदै आएको र अझै डडेल्धुरा अस्पतालको गुणस्तर सुधारका लागि स्थानिय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप उर्जा प्राप्त भएको छ र स्थानिय तहहरुसंग सधै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको