काठमाडौँ – कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य वीमा गर्ने सरकारले निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुनेगरी २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको हो ।