सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, ५ प्रतिशत ब्याजदरमै ऋण पाउने

काठमाडौं – देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्डको सुबिधा संचालनमा ल्याएको छ ।  सम्पूर्ण कृषकहरुको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोहि खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ।

यो ऋण सुबिधा लिन खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार  पाँच लाखसम्मको ऋण सुबिधा उपलब्ध गराइन्छ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी वचत खाता खोल्नु पर्नेछ । उक्त खातामा ग्राहकको वचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको वचत भन्दा बढि रकम झिकेमा बैंकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद ब्याज रकमको गणना हुनेछ ।

यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्युन ब्याजदर मै यो सुबिधा उपभोग गर्न सकिनेछ ।

हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याएको हो । हालसम्म ४७०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ६८.६० अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५५.२८ अर्व कर्जा लगानी गरेकोे सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखा रहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको