बर्षायाममा लाग्नसक्छ यी रोग, यस्तो छ घरेलु उपचार

दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ ।

अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो हट्छ ।

तर, बर्षायामले उमंग मात्र ल्याउँदैन, रोग पनि ल्याउँछ । यतिबेला विभिन्न किसिमको संक्रमणको भय रहन्छ, अरुबेला भन्दा बढी । मौसमी तापमान बढ्ने हुँदा खानेकुरा सड्ने, गल्ने, कुहिने हुन्छ । यतिबेला लामखुट्टे, झिँगा, साङ्लको पनि बिगबिगी हुन्छ । यी रोग फैलाउने कारक हुन् ।

बर्षायाममा स्वस्थप्रति निकै सजग रहनुपर्छ । भनिन्छ, यो मौसममा प्रतिरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ । त्यही कारण हाम्रा परम्परागत संस्कारले यतिबेला सुपाच्य, स्वस्थ्य र सात्विक भोजनमा जोड दिएको छ ।

बर्षायाममा भिज्दै नभिज्ने भन्ने होइन । पानी नखेल्ने भन्ने कुरै भएन । बेपर्वाह मौसमको मज्जा लिए हुन्छ । तर, त्यससँगै सरसफाई र खानपानमा सजग हुनुपर्छ ।

अक्सर हामी पानीमा भिजिसकेपछि लामो समय भिजेकै कपडामा बस्छौं । कतिले त शरीरमै लुगा सुकाउँछन् । किनभने यतिबेला जाडो हुँदैन । तर, भिजेको कपडा लामो समय लगाउनु हुँदैन । यसमा विभिन्न संक्रमणको भय रहन्छ । साथै भिजेको लुगाले शरीरमा चिसो पनि लाग्छ ।

बाहिरको पानीमा भिजेपछि त्यतीकै अर्को लुगा लगाउनु उपयुक्त हुँदैन । संभव भएसम्म राम्ररी नुहाउनुपर्छ । कम्तीमा सफा पानीले शरीर पखाल्नुपर्छ ।

यतिबेला तुलसी, सोप, बेसार, दालचिनी, तेजपत्ता, अदुवा, मरिच निकै उपयोगी हुन्छ । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

बर्षाको मौसममा बिमार हुनुको केही कारण छन् । फोहोरमैला, लामखुट्टे वा किरा, अशुद्ध पानी, ओसिलो वातावरण आदि । यी सबैको कारण भाइरल फिभर, पखला, मलेरिया, जन्डिज, डेंगु वा छालासम्बन्धी समस्या आउन सक्छ ।

कसरी बच्ने त ?

भाइरल फिभर झरीको मौसममा हुने आम समस्या हो । यस सिजनमा चिसो लाग्ने, ज्वरो आउने, हात-खुट्टा दुख्ने, टाउको दुख्ने हुन्छ । यी सबैले भाइरल फिभर भएको जनाउ दिन्छ ।

बषर्ामा भिजेर, चिसो हावाबाट, तापमान परिवर्तन र निद्रा पुरा नहुँदा प्रतिरक्षा प्रणाली कमजोर हुनपुग्छ । यसमा हावामा फैलने भाइरल, दुषित एवं अशुद्ध खानपिन आदिले भाइरल फिभर हुन्छ । यदि भाइरल फिभर भएमा निम्न उपचार विधी अपनाउन सकिन्छ ।

तुलसीको पात, मरिच, अदुवालाई पानीमा उमाल्ने । त्यसलाई छानेर चिया जस्तै पिउनुपर्छ । यसले प्रभावकारी काम गर्छ ।
झरीको मौसमा जोर्नी दुख्ने समस्या पनि हुनसक्छ । यसका लागि एक चम्चा महमा आधा चम्चा अदुवाको धुलो मिलाएर एक पटक पिउनुपर्छ । यसको नियमित प्रयोगले जोर्नी दुख्ने समस्या ठिक हुन्छ ।

यतिबेला पौष्टिक भोजन लिनुपर्छ । भिटामिन सियुक्त फलफूल सेवन गरौं ।

यो मौसममा पखला पनि लाग्नसक्छ । दुषित खानपानको कारण पेट गडबड हुने र पखला लाग्ने गर्छ । यस मौसमा ई कोलाई, साल्मोनेला, रोटा भाइरस, नोरा भइरसको संक्रमण बढ्छ । यसको कारण पेट एवं आन्द्रामा समस्या आउँछ र बान्ता हुन्छ । पखला लाग्छ ।

सामान्यत पखला तीन, चार दिनमा त्यसै ठिक हुन्छ । यस्तो अवस्थामा खासगरी बालबच्चा, बुढाबुढी, रोगीको बढी ख्याल गर्नुपर्छ ।

एक, दुई पटक बान्ता हुनु, पखला लाग्नु सामान्य हो । अत्तालिनु पर्दैन । तर, धेरै पटक भइरह्यो भने, सावधान हुनुपर्छ । यो हैजा पनि हुनसक्छ । हैजा हुँदा चामलमो पानी जस्तै पातलो दिसा बारम्बार जान्छ । वान्ता हुन्छ । यसले शरीरमा पानीको मात्रा एकदमै कमी हुनपुग्छ । यस्तो अवस्थामा उपचार गरिएन भने जटिलता निम्तन सक्छ ।

यसबाट बच्नका लागि विशेष ध्यान दिनुपर्छ । खानपानमा सर्तक रहनुपर्छ । पानीपुरी, चटपटे जस्ता खुला स्थानमा राखेको खानेकुरा सेवन गर्नु हुँदैन । काटेको फल वा सलाद धेरै समय राखेर सेवन गर्नु हुँदैन ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको