मन्त्रिमण्डल पूनर्गठन तयारी : यी व्यक्तिको नाम चर्चामा

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिवेला मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । हालै बसेको सचिवालय बैठकले नै मन्त्रिमण्डल पूनर्गठनबारे छलफल अघि बढाएको हो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्नेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक छलफल तथा परामर्श भैरहेको छ ।

सचिवालयका अधिकांश सदस्यहरुले ठूलो मात्रामा पूनर्गठन गर्नुपर्ने धारणा राखेका छन् भने केहीले भने राम्रो काम गर्ने मन्त्रीहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीहरुलाई विदाई गर्ने र पूनर्गठन गर्दा अहिले हटाइएकाहरुमध्येबाट केहीलाई निरन्तरता दिने पनि मनशाय बनाएका छन् । मन्त्रिमण्डल पूनर्गठन गर्दा ठूलो संख्यामा गर्नुपर्ने र राम्रो सन्देश प्रवाह गर्नुपर्ने पक्षमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालको सुझाव छ ।

पूनर्गठन गर्दा नयाँ मन्त्री बन्नेमा उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम, प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य पम्फा भुषाल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको नाम चर्चामा छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको