मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णयहरु

काठमाडौँ – आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले केही निकायहरुमा नियुक्ति गरेको छ।

सामान्यतया सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्‌को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजेका लागि बोलाएका थिए। सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भएपनि मन्त्रिपरिषद्‌मा त्यसबारे कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए।

उनले भने, ‘आज त्यस्तो विशेष एजेण्डा केही थिएन। केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएका छन्।’

आइतबारको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको गुरुङले जानकारी दिए।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्यितारी दिएको छ।

मन्त्रिपरिषद् पुनः गठनबारे ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ।

 

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको