काठमाडौँ- नेपालमा थप १५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ७३३९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १०१२३ जनाको कोरोना परिक्षण गरिएको छ।
त्यस्तै आजै थप ८८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ५३८९८ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।
