डाक्टर केसीलाई नागरिक समाज डडेल्धुराको समर्थन

डम्बर निदाल
डडेल्धुरा – डाक्टर गोबिन्द केसी लाई नागरीक समाज डडेल्धुराले समर्थन गरेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागी १९औँ पटक सत्याग्रह थालेका डा. गोबिन्द केसी लाई नागरिक समाज डडेल्धुराले समर्थन गर्दै ऐक्यबद्धता जनाएको हो ।

यस पटक कर्णाली प्रदेशको विकट जिल्ला जुम्ला बाट सत्याग्रह सुरु गरेका डा. केसीले पटक पटक उठाएका मागहरु सम्बोधनका लागी नागरिक समाज डडेल्धुराले समर्थन जनाउदै ऐक्यबद्धता जनाएको आईतवार एक बिज्ञप्ती जारी गरी समर्थन जनाएको छ । जनताको मौलिक हक कार्यान्वयनका लागी सरकार आफै उत्साहित हुन अवसर प्राप्त हुदा हुदै पनि जनताका हितमा जायज मागहरु राखेर सडक संघर्ष वा सत्याग्रह गर्नु बिडम्बना पुर्ण रहेको ठहर नागरिक समाजको छ ।

डा. केसीले उठाएका मागहरु लाई अबिलम्ब सम्बोधनका लागी नागरिक समाज डडेल्धुरा जोडदार माग गर्दछ । आईतबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति मार्फत डा. केसीको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
जवरजस्ती उपचारका लागी काठमाण्डौं लगिएका डा.केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएकोमा सत्याग्राही केसीका सबै मागहरु न्यायोचित रुपमा सम्बोधन गरि उहाको जीवन रक्षाका लागी नेपाली जनताको सर्वाेपरी हितमा रहेको औषधोपचार तथा स्वास्थ्य शिक्षामा न्यायिक पहुच मौलिक अधिकारको प्रत्याभुती र बिधिको शासन स्थापनामा सरकार सम्वेदनशिल हुनु पर्ने माग सहित डा.केसीले सुदूरपश्चिमका जनताको हितमा रहेको डडेल्धुरा अस्पताल स्तरोन्नती सहित मेडिकल कलेज स्थापनाका लागी १७औं अमरण अनसनमा उठाएका मागहरु पनि कार्यान्वयनमा लैजान हार्दिक आग्रह गर्दछ ।

समग्र नेपालीको भावना प्रतिबिम्बित भएको डा. केसीको मागलाई वेवास्ता गरिएमा स्वास्थ्य उपचारबाट बञ्चित र पिडित सुदूरपश्चिम प्रदेशका आम सर्बसाधारण लगायत डडेल्धुराबासीले सरकारका बिरुद्धमा कडा रुपले सडकमा उत्रिने चेतावनी दिदै समयमै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

साथै बझाङ्गको मष्टा गाउँपालिका–२ की १२ बर्षिय सम्झना कामीको बलात्कार पछि निर्मम हत्या भएको घटनाले मानव सम्भयता लाई समेत लज्जित बनाएको घटनाको घोर निन्दा गरिएको छ । यस्तै कन्चनपुरकी १३ बर्षिया बालिका निर्मला हत्याकाण्डका दोषि लाई उन्मुक्ति भए झै सम्झनाले पनि न्याय नपाउने अवस्था नआओस भन्ने स्मरण गर्दै घटनाको सत्यतथ्य छानविन गरि अपराधि लाई यथाशिघ्र कडा कानुनी दायरामा ल्याउन सरकार संग माग राख्दछौ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको