कोरोना भाइरस संक्रमण महामारीका बीच कौन बनेगा करोड़पति’ को १२ औ सिजन आजबाट सुरु हुँदैछ। यसपटक कोरोना भाइरस संक्रमण महामारीका कारण शोमा दर्शक हुनेछैन।
तर यसका ७७ वर्षीय होस्ट अमिताभ बच्चन ढुक्कसँग प्रतियोगीसँग शुटिंग गरिरहेका छन्। शोप्रति अमिताभको डेडिकेशनको कारण हो २० वर्षअघि शोबाट पाएको योगदान हो।
एक अन्तर्वार्तामा अमिताभले केबीसीबारे भनेका छन्, ‘यो शो यस्तो बेला मसँग आयो, जब मलाई यसको सबैभन्दा बढी आवश्यकता थियो। प्रोफेशनल्ली र फाइनान्सियल क्याटालिस्टको जसरी काम गर्यो। यो शोले मलाई अफ्ठ्यारो समयमा ऋण भुक्तानमा धेरै ठूलो योगदान दियो।’ पहिलो सीजनमा ८५ एपिसोडबाट अमिताभले करीब १५ करोड़ रुपैयाँ कमाएका थिए।
केबीसीमा काम गर्दा अमिताभलाई परिवारबाट पनि सहयोग थिएन्। सानो पर्दामा काम नगरुन भन्ने परिवार चाहन्थ्यो। तर अमिताभले सुरु गरे।
आजपर्यन्त निरन्तर चलिरहेको छ। केबीसीको कारण भारतमा धेरैले राम्रो सहयोग पाएका छन्।
