राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले शिलापत्रलाई जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका उनी गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् ।

पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए । मदन भण्डारीको नाममा हुने खेलकुद गतिविधि सिलवालले नै गरेका थिए । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले सिलवालकै नेतृत्वमा क्यानको तदर्थ कमिटी बनाएको थियो ।

केशवकुमार विष्टको कार्यकाल ९ असारबाट सकिएपछि सरकारले नयाँ सदस्य सचिवका रुपमा सिलवाललाई नियुक्त गरेको हो ।

राखेपको सदस्य सचिव बन्न निवर्तमान सदस्य सचिव विष्टसहित राखेपा उपाध्यक्ष पीताम्बर तिमल्सिना, स्वयम्भुराज डंगोल, मीना श्रेष्ठ, दानबहादुर तामाङ, सुदिल शाही, गोविन्द शाहीलगायतले प्रयास गरेका थिए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको