सुपर ओभरमा मुम्बईमाथि बैंगलोरको जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ। सुपरओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पूरा गर्दै बैंगलोरले खेल जितेको हो।

जितका लागि बैंगलोरले विना विकेट ११ रन बनाएको थियो भने पहिले ब्याटिङ गरेको मुम्बईले एक विकेट गुमाएर ७ रन बनाएको थियो।

दुबई इन्टरनेसनल रंगशालामा त्यसअघि सम्पन्न खेलमा मुम्बईले टस जित्दै बैंगलोरलाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो इंनिङमा ब्याटिङ सम्हालेको बैंगलोरका एबी डिभिलियर्सले अविजित ५५ रन बनाए भने ओपनर देवदत्त पोडिक्कलले ५४ रनको योगदान दिए।

आरोज फिन्चले पनि ५२ रनको अर्धसतकिय इनिङ खेले भने शिवम् दुवेले अविजित २७ रन जोडे।

यता मुम्बईका ट्रेन्ट बोल्टले २ र राहुल चहरले एक विकेट लिएपछि भने बैंगलोरले तीन विकेटको क्षतिमा २०१ रन जोड्यो।

२०२ रनको लक्ष्य पछ्याएको मुम्बईका इसान किशन सतक प्रहार गर्नबाट एक रनले चुके भने किरोन पोलार्डले ६० रनको अर्धसतकिय इनिङ खेले।

बैंगलोरका इसुरु उडानाले दुई विकेट र विसिंटन सुन्दर, युजवेन्द्र चहल र एडम जम्पाले समान एकएक विकेट लिएपछि भने मुम्बई लक्ष्य प्रप्त गर्न एक रनले चुक्यो। र, खेल सुपरओभरमा धकेलियो।

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको