दोलखा – दोलखाको शैलुङ गाउँपालिकामा श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ मा ४७ वर्षीया श्रीमती दुर्गा माया श्रेष्ठले ५२ वर्षीय श्रीमान हस्त नारायण श्रेष्ठलाई खुकुरी र कोदालो प्रहार गरी हत्या गरेकी हुन् ।
घरायसी विवाद कारण गएराति श्रीमतीले धारिलो हतियार प्रहार गर्दा हस्त नारायणको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
हत्या गर्ने श्रीमती दुर्गालाई भने घटनास्थलमा खटिएको दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
