काठमाण्डाै – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।