काठमाडौं- काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ७४७ जना, भक्तपुरका ७३ जना र ललितपुरका ११४ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १०८९१ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ८१७ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ७६२५८ पुगेको छ।
