काठमाडौँ – रुसद्वारा निर्माण गरिएको कोरोना खोप नेपाल आइपुग्ने भएको छ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यो समाचार प्रकाशन गरेको छ।
रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स भारतीय कम्पनी हो।
स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म औषधि ल्याउन कसैले प्रस्ताव नै नगरेको बताएको छ।
