यी आठ प्रयोगशालालाई सरकारको २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्कभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ। शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ।

स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको छ।

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।

तर स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा झन्डै दोब्बर शुल्क लिँदै आएका छन्।

यी प्रयोशालाले सरकारले तोकेको मुल्यमा परीक्षण गर्न नसक्ने भन्दै ३ हजार ८९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएका छन्।

 

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको