उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, के- के पाइन्छ ?

काठमाडौं – सरकारले आज बिहिबारदेखि काठमाडौं उपत्यकामा दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभिन्न सामानको उपभोग्य मूल्यमा छुट घोषणा गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिएको हो । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले आजदेखि काठमाडौं उपत्यकाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेको जानकारी दिए ।

मन्त्रालय मातहका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सञ्चालनमा आउन लागेका सुपथ मूल्य पसलहरुबाट सामान खरिद गर्दा अन्य पसलको तुलनामा सस्तो पाइने छ । घोषणा गरिएको छुट अनुसार नुन प्रतिकेजी १८ रुपैयाँका दरले एउटा परिवारलाई ४ केजी मात्रै खरिद गर्न मिल्ने छ ।

त्यस्तै चिनी ७० रुपैयाँ प्रतिकेजीका दरले प्रति परिवार ४ केजीका दरले खरिद गर्न पाउने सहप्रवक्ता केसीले जानकारी दिनुभयो । त्यस्तै घ्युको मूल्य सरकारले ८ सय ७० रुपैयाँ प्रतिलिटर निर्धारण गरेको छ । सहप्रवक्ता केसीले दशैं तिहार लक्षित गर्दै चामलमा प्रतिकेजी ५ रुपैयाँ, खसी, बाख्रा, च्याङ्ग्राको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट पाइने बताए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको