कमजोर ब्याटिङका कारण कोलकत्तासंग राजस्थान पराजित

आइपिएलमा राजस्थान रोयल्सले अंक तालिकाको शीर्ष स्थान गुमाएको छ। बुधबार राति भएको खेलमा राजस्थानलाई कोलकता नाइट राइडर्सले ३७ रनले पराजित गरेको हो।

सुरुवाती दुई खेलमा लगातार जित निकालेको राजस्थान यसअघि रनरेटमा शीर्ष स्थानमा थियो। पराजयसँगै राजस्थानले शीर्ष स्थान दुई अंकको अग्रता लिने अवसर पनि खेर फाल्यो।

राजस्थान पराजित भएसँगै दिल्ली क्यापिटल्स ३ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ।

राजस्थानलाई हराएर दोस्रो स्थानमा पुगेको कोलकताको पनि ४ अंक नै छ। राजस्थान भने ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। बुधबार पहिले ब्याटिङ गरेको कोलकताले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो।

उसका लागि शुममान गिलले ४७ रनको योगदान गरे। उनले ३४ बलमा ५ चौका र १ छक्का हिर्काए।

आन्द्रे रसेलले २४ रन जोडे भने इयान मोर्गानले नटआउट ३४ रनको योगदान दिए। मोर्गानले २३ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्यो। राजस्थानका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडे। टम कुराले नटआउट ५४ रन जोड्दा राहुल टेवाटियाले १४ रन जोडे।

ओपनर जोस बटलरले २१ रन बटुल्दा त्यसपछिका चार ब्याट्सम्यानले कुल १४ रन रन जोडेका थिए।

राजस्थानको इनिङ ध्वस्त पार्ने क्रममा कोलकताका शिभम् मावी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए। चार ‌ओभरमा २० रन खर्चिएका शिभम् प्लेयर अफ दि म्याच भए।

आइपिएलमा बिहीबार राति किंग्स ११ पञ्जाव र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको