कमजोर ब्याटिङका कारण कोलकत्तासंग राजस्थान पराजित

आइपिएलमा राजस्थान रोयल्सले अंक तालिकाको शीर्ष स्थान गुमाएको छ। बुधबार राति भएको खेलमा राजस्थानलाई कोलकता नाइट राइडर्सले ३७ रनले पराजित गरेको हो।

सुरुवाती दुई खेलमा लगातार जित निकालेको राजस्थान यसअघि रनरेटमा शीर्ष स्थानमा थियो। पराजयसँगै राजस्थानले शीर्ष स्थान दुई अंकको अग्रता लिने अवसर पनि खेर फाल्यो।

राजस्थान पराजित भएसँगै दिल्ली क्यापिटल्स ३ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ।

राजस्थानलाई हराएर दोस्रो स्थानमा पुगेको कोलकताको पनि ४ अंक नै छ। राजस्थान भने ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। बुधबार पहिले ब्याटिङ गरेको कोलकताले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो।

उसका लागि शुममान गिलले ४७ रनको योगदान गरे। उनले ३४ बलमा ५ चौका र १ छक्का हिर्काए।

आन्द्रे रसेलले २४ रन जोडे भने इयान मोर्गानले नटआउट ३४ रनको योगदान दिए। मोर्गानले २३ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्यो। राजस्थानका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडे। टम कुराले नटआउट ५४ रन जोड्दा राहुल टेवाटियाले १४ रन जोडे।

ओपनर जोस बटलरले २१ रन बटुल्दा त्यसपछिका चार ब्याट्सम्यानले कुल १४ रन रन जोडेका थिए।

राजस्थानको इनिङ ध्वस्त पार्ने क्रममा कोलकताका शिभम् मावी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले समान २-२ विकेट लिए। चार ‌ओभरमा २० रन खर्चिएका शिभम् प्लेयर अफ दि म्याच भए।

आइपिएलमा बिहीबार राति किंग्स ११ पञ्जाव र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको