भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ ।
घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई आफ्नो घरेलु मैदानमा खेलिएको सिजनको पहिलो खेलमा लय पक्रन केही समय लागेको थियो ।
भालाडोलिडको गोलकिपर रोबर्टोले फेडेरिको भालभर्डे र लुका योभिचको प्रहारलाई बचाउँदै पाहुना टोलीलाई खेलमा जीवित राखेका थिए । तर, दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए ।
योसँगै रियल गेटाफे, भिल्लेरियाल र भ्यालेन्सियासँगै ७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।