काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल हुने बुझिएको छ । केही मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउने र मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल हुँदै आएको छ ।
