डाक्टर केसीलाई नेपाली कांग्रेस डडेल्धुराको ऐक्यबद्धता

डम्बर निदाल
डडेल्धुरा- डाक्टर गोबिन्द केसी लाई नेपाली कांग्रेस डडेल्धुराले समर्थन गरेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागी १९औँ पटक सत्याग्रह थालेका डा. गोबिन्द केसी लाई नेपाली कांग्रेस डडेल्धुराले समर्थन गर्दै ऐक्यबद्धता जनाएको हो । बुधबार पार्टी कार्यालय बाट ¥याली निकाली नेपाली कांग्रेस डडेल्धुराले बागबजारको भिमदत्तचोकमा कोण सभा गर्दै डा.केसीको जीवन रक्षाको माग गरेको हो ।

भिमदत्त चोकमा आज गरीएको सभा लाई सम्बोधन गर्दै नेपाली कांग्रेस डडेल्धुराका उपसभापतीे करुणाकर भट्टले भ्रष्टाचारका लिप्त रहेको सरकारले डाक्टर केसीका माग जनताका पक्षमा भएकाले सरकारले मागहरु पुरा गरी नेपाली जनताको हक र हितमा काम अभिलम्ब पुरा गर्नु पर्ने र डाक्टर केसीको जीवन रक्षाका गर्नु पर्ने बताए ।
यस पटक कर्णाली प्रदेशको विकट जिल्ला जुम्ला बाट सत्याग्रह सुरु गरेका डा. केसीले पटक पटक उठाएका मागहरु सम्बोधनका लागी कांग्रेस डडेल्धुराले समर्थन जनाउदै डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेको छ । जनताको मौलिक हक कार्यान्वयनका लागी सरकार आफै उत्साहित हुन अवसर प्राप्त हुदा हुदै पनि जनताका हितमा जायज मागहरु राखेर सडक संघर्ष वा सत्याग्रह गर्नु बिडम्बना पुर्ण रहेको डडेल्धुरा कांग्रेसको ठहर छ ।

डा. केसीले उठाएका मागहरु लाई अबिलम्ब सम्बोधनका लागी कांग्रेस डडेल्धुरा जोडदार माग गर्दछ । साथै डा. केसीको स्वास्थ्य लाभको कामना पनि गरिएको छ । सत्याग्राही डा.गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली काग्रेस डडेल्धुराले प्रदर्शन गरेको ।

चिकित्सा र शिक्षा क्षेत्र सुधारको माग राख्दै डा.केसीले १९औँ पटक सत्याग्रह थालेका छन । १९औँ पटक सत्याग्रह थालेको बुधबार १६ दिन पुगेको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दा समेत सरकारले वास्ता नगरेको कांग्रेसको आरोप छ ।
डा. केसीको मागलाई वेवास्ता गरिएमा स्वास्थ्य उपचारबाट बञ्चित र पिडित सुदूरपश्चिम प्रदेशका आम सर्बसाधारण लगायत डडेल्धुराबासीले सरकारका बिरुद्धमा कडा रुपले सडकमा उत्रिने चेतावनी दिदै समयमै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । जवरजस्ती उपचारका लागी काठमाण्डौं लगिएका डा.केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएकोमा सत्याग्राही केसीका सबै मागहरु न्यायोचित रुपमा सम्बोधन गरि उहाको जीवन रक्षाका लागी सरकार सम्वेदनशिल हुनु पर्ने माग गरेका छन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको