मोबाइल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर रोल्पामा १ जनाको मृत्यु भएको छ। जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. १ घोडागाउँ निवासी ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्का अनुसार नेपालीले बिहीबार बिहान ११ बजेतिर मोबाइल चार्जमा राखेर भिडयो हेर्दै गर्दा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर अवस्थाका उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।