अनसन फिर्ता लिन डा. गोविन्द केसीलाई सरकारको आग्रह

काठमाडौँ – १८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन्।

‘देश संकटमा छ। कोरोना विरुद्धको लडाइमा जुधिरहेका धेरैलाई हामीले गुमाएका पनि छौं। यस्तो बेला अनसन र हडताल राम्रो विषय भएन। अरु मागमा पछि पनि छलफल गर्न सकिन्छ। सरकार डा केसीलाई अनसन फिर्ता लिन आग्रह गर्छ,’ मन्त्री ज्ञवालीले भने।

विगतदेखि नै उठाएका माग डा केसीले पुनः उठाएको र धेरै माग कार्यान्वयन गएको भन्दै मन्त्री ज्ञवालीको भनाइ छ। डा केसीकै मागअनुसार चिकित्सा शिक्षा ऐन, नियमावली र आयोगसमेत बनिसकेको समेत उनको भनाइ छ। डा केसीले सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा ल्याउन गरेको माग पनि सम्बोधन भइसकेको उनको दाबी छ।

यस्तै सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम पनि पूरा हुन लागेको भन्दै उनले प्रदेशगत मेडिकल कलेजको पनि फेहरिस्त प्रस्तुत गरेका थिए। मन्त्री ज्ञवालीले हाल मेडिकल कलेज संचालनमा नरहेको प्रदेश २ मा २ कलेज निर्माणाधीन भएको, प्रदेश ५ को बुटवलमा पनि बन्दै गरेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन नै सुरु भएको उल्लेख गरेका छन्। कर्णालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पढाइ सुरु भएको उनले बताए।

सुदूरपश्चिमको धनगढीमा गेटा कलेज निर्माणाधीन अवस्थामा रहेको भन्दै मन्त्री ज्ञवालीले यी काममा थप दबाब दिनु आवश्यक नभएको बताए।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको