गाई काटेर खाएको आरोपमा तीन जना पक्राउ

गाई काटेर खाएको आरोपमा स्याङ्जाका तीन जना पक्राउ परेका छन् । गल्याङ नगरपालिका–९ जौबारी स्थित नारायण भुसालको बाँझो जग्गामा गाई काटेर खाने स्थानीय ३८ वर्षीय नारायण भुषाल, गल्याङ नगरपालिका ८ बस्ने २४ वर्षीय डोलुराम नेपाली र वालिङ नगरपालिका १३ बस्ने ३२ वर्षीय राम बहादुर सार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिउँदो गाई काटेर मासु भाग लगाई टाउको र खुट्टा खाडल खनी पुरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी, पशु चिकित्सक र पशु प्राविधिक सहितको टोलीले स्थलगत अनुसन्धान गरेका थिए । स्थलगत अनुसन्धान गर्न पुगेका उनीहरुले जौबारी स्थित खाडल खोतलेर हेर्दा गाईको टाउको, चारवटा खुट्टा, आन्द्राभुडी कुहेर दुर्घन्धित अवस्थामा फेला परेको डिएसपी अधिकारीले जनाए ।

यस्तै आरोपित नारायण भुषालको घरमा सुकाई राखेको गाईको मासु समेत प्रहरीले बरामद गरेको छ । प्रहरीले घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई ‘पशु सम्बन्धि कसुर मुद्दा’ मा स्याङ्जा जिल्ला अदालतबाट २५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको