दसैंलाई लक्षित गरेर उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने तयारी

काठमाडौं – आउँदो दसैंलाई लक्षित गरेर उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्र्याइने भएको छ । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोही अनुसार व्यवसायीले भित्र्याउने तयारी गरेका हुन् । यो वर्ष ५० हजार संख्यामा खसीबोका भित्र्याउन लागिएको हो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्र्याउन लागेका हुन् ।

दसैंमा सवैले अनिवार्य रूपमा मासु खाने भएकाले अन्य समयको तुलनामा खसीबोका खपत धेरै हुने गर्छ । यो वर्ष पनि दसैंमा उपत्यका ५० हजार खसीबोका खपत हुने व्यवसायीले अनुमान गरेका हुन् । दसैंलाई लक्षित गरेर निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्न सुरु गरिसकेका छन् । अहिलेदेखि नै बजारमा खसीबोका भित्रिने क्रम बढ्दै गएको व्यवसायीको भनाइ छ । कोरोनाको संक्रमण बढ्दै गए पनि उपत्यकामा खसीबोकाको खपत भने नघटेको व्यवसायीको भनाइ छ । दसैंमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा भित्रिने अनुमान गरिएको व्यवसायी दिपक थापाले जानकारी दिए ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका आउने उनले जानकारी दिए । अहिले दैनिक एक हजारको संख्यामा खसीबोका भित्रिने गरेका छन् ” उनले भने, “घटस्थापना सुरु भएपछि ठूलो संख्यामा उपत्यकामा भित्रिन्छन् ।” यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिकेजी २० देखि ३० रुपैयाँ मूल्य बढ्न गएको उनको भनाइ छ ।

लकडाउनदेखि नै उपत्यकामा नियमितरूपमा खसीबोका आयात भइरहेको व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष जिउँदो प्रतिकेजी ५६० देखि ५७० रुपैयाँ रहेको खसीबोकाको मूल्य बढेर ६ सय रुपैयाँ पुगेको छ । स्थानीय उत्पादनले माग धान्न व्यवसायीले भारतबाट खसीबोका ल्याउने गरेका छन् । कारोबारबाट

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको