काठमाडौं – इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ । भीम विष्टको शब्द संगीत रहेको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई गायिका मेलिना राईले साथ दिएकी छन्।

नृत्य निर्देशक कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा पल शाह र रियाशा दाहाल तथा कार्टुन क्रुका सरोज र आश्माको जोडीको नृत्य देख्न सकिन्छ ।

काठमाडौंको तारेहोटेलमा दरबारको झल्को आउने सिनमा पललाई युवराजको रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन रिजालको सम्पादन रहेको छ।

गीत रिजिल भएको केहि समयमै दर्शकहरुले धेरै रुचाएका छन्  भने युट्युब ट्रेण्डिङ्गमा समेत पर्न सफल भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया