काठमाडौं – नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ। बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । बिहीवार ११ सय ७५ रुपैयाँ तोलामा कारोवार भएको चाँदी आज पनि त्यहि मूल्यमा कायम भइ कारोवार भइरहेको छ ।
