हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो

हुम्ला — परपुरुषसँग लागेको आरोप लगाउँदै सिमकोट गाउँपालिका–७, ओख्रेनमा २३ वर्षीया युवतीलाई उनकै पति र गाउँले मिलेर कुटपिट तथा दुर्व्यवहार गरेका छन् । गाउँकै देवर नाता पर्ने किशोरसँग लागेको भन्दै गाउँलेले शुक्रबार उनलाई दिसा खुवाएर कपाल मुण्डन गरिदिएका हुन् ।

घटनापछि युवती न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी छिन् । उनलाई श्रीमान् धनबहादुर शाही र गाउँलेले दिसा खुवाएको प्रहरीमा दर्ता गरिएको जाहेरीमा उल्लेख छ । ‘गाउँलेहरु मिलेर जथाभावी कुटे,’ उनले भनिन्, ‘फोनमा कुरा गरेकै आधारमा जथाभावी आरोप लगाइयो ।’ आफूमाथि शुक्रबार बिहानैदेखि कुटपिट सुरु भएको र कपाल काटेर जुत्ताको माला लगाइदिएपछि भागेर प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

कुटपिटका कारण युवतीको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । ‘जन्म्याकै दिनदेखि आमाबुबाले नकाटेको कपाल गाउँले मिलेर काट्दा आकाशबाट छिरे (खसे) जस्तै भयो,’ उनले रुँदै भनिन्, ‘जुत्ताको माला लगाएर कालोमोसो दली गाउँभरि घुमाए ।’

उनका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन् । गाउँले सबै आएर कुट्दा आफ्नो ज्यानभन्दा पनि छोराछोरीको माया लागेको उनले बताइन् । उनले १७ वर्षको उमेरमा धनबहादुरसँग बिहे गरेकी हुन् ।

घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरीप्रमुख डीएसपी सूर्यप्रसाद सुवेदीले बताए । उनका अनुसार घटनामा संलग्न ८ जनालाई पक्राउ गरिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए ।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको