चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
द ग्लोबल टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सीले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्प अहिले अस्पताल भर्ना भएका छन् । ट्रम्पमा लक्षण पनि देखिन थालेको छ । उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको जनाइएको छ ।