काँग्रेस सभापतिद्वारा डा केसीको माग पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं – काँग्रेस सभापति तथा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । आज केसीले अनशन थालेको २१ दिन पुगेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका अभियन्ता डा. केपी गोविन्द केसीसँग वार्ता गरी उनको जीवन रक्षा गर्न माग गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न सार्वजनिक अपील जारी गर्दै जीवन रक्षाको माग गरेका हुन्।

काँग्रेस सभापित देउवाकाे विज्ञप्ती

असोज १८, २०७७

डा. के.सी.सँग अविलम्ब वार्ता गरि माग पूरा गरेर उहाँको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील ।

डा. गोविन्द के.सी.को अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ।

चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् । जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ।

०४६ को परिवर्तनपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको सर्वविदितै छ । समयक्रममा कतिपय विसंगति चिकित्सा शिक्षा क्षेत्रमा बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको थियो भने कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो । डा. के.सी.का मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” ०७४ कार्तिक २४ मा जारी गरेको थियो । तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो।

वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. के.सी.सँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो । अतः फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।

डा. के.सी.को जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको