रामेछाप – रामेछाप नगरपालिकाकाे कर्मचारीमा काेराेना संक्रमण देखिए पछि कार्यालय ५ दिनका लागी बन्द गरिने भएको छ ।
नगरपालिकामा कार्यरत एक जना कार्यलय सहयाेगी र एक जना वडा अध्यक्षलाई काेराेना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै खाले सेवाहरु बन्द गरिने भएकाे छ । नगरपालिकाले अाज एक विज्ञप्ति मार्फत यस्ताे जानकारी गराइएकाे छ ।
थप संक्रमण फैलिन नदिनका लागि यहि साेमबार देखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।