प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव फिर्ता गर्न माग गर्दै कांग्रेसले प्रदेश सभामा नाराबाजी गरेको छ ।
बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगन भएको हो ।
