घिसारेल निकालिहाल्न भन्ने मन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए कांग्रेसले प्रदेशसभा चल्न नदिने

रुपन्देही – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ।

मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू ‘कांग्रेस सांसदहरू’ लाई घिसारेल निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए।

मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले बोलेका शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरेकी हुन्।

‘मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रूलिङ गर्न सभामुखमार्फत् अनुरोध गर्दछौं,’ कांग्रेसले भनेको छ, ‘अन्यथा संसदको आगामी कार्यक्रमहरू अवरूद्ध गराइरहने जनकारी गराउँदछौं।’

संसद बैठक आज पनि बस्दैछ।

प्रदेश सभा बैठकमा स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्तावमाथि छलफल भइरहेको छ। सांसदहरूले सोधेका प्रश्नमा सोमबार मन्त्री केसीले जवाफ दिइसकेका छन्।

बुटवललाई नै स्थायी राजधानी कायम गर्न कांग्रेसले माग गरेको छ। कांग्रेसका तीन सांसदले सोमबार प्रदेशसभा चलिरहेका बेला नाराबाजी गर्दै कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए।

मन्त्री केसीले ‘संसदको गरिमा र मर्यादाविपरीत कांग्रेस सांसदलाई घिसारेर निकालिहाल भन्ने शब्दले झन् संसद उत्तेजित बनाइएकोप्रति आपत्ति छ,’ सचेतक क्षेत्रीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सभामुखलाई साँची राखेर मन्त्री केसीले अशोभनीय र अमर्यादित शब्द प्रयोग गरेको भन्दै कांग्रेसले विरोध गरेको हो।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको