घिसारेल निकालिहाल्न भन्ने मन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए कांग्रेसले प्रदेशसभा चल्न नदिने

रुपन्देही – प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ।

मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू ‘कांग्रेस सांसदहरू’ लाई घिसारेल निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए।

मन्त्रीको उक्त अभिव्यक्ति संसदको मर्यादाविपरीत भएको कांग्रेसको भनाइ छ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले विज्ञप्ति निकालेर मन्त्री केसीले बोलेका शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरेकी हुन्।

‘मन्त्रीले बोलेको शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन र उक्त शब्द फिर्ता लिन रूलिङ गर्न सभामुखमार्फत् अनुरोध गर्दछौं,’ कांग्रेसले भनेको छ, ‘अन्यथा संसदको आगामी कार्यक्रमहरू अवरूद्ध गराइरहने जनकारी गराउँदछौं।’

संसद बैठक आज पनि बस्दैछ।

प्रदेश सभा बैठकमा स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्तावमाथि छलफल भइरहेको छ। सांसदहरूले सोधेका प्रश्नमा सोमबार मन्त्री केसीले जवाफ दिइसकेका छन्।

बुटवललाई नै स्थायी राजधानी कायम गर्न कांग्रेसले माग गरेको छ। कांग्रेसका तीन सांसदले सोमबार प्रदेशसभा चलिरहेका बेला नाराबाजी गर्दै कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए।

मन्त्री केसीले ‘संसदको गरिमा र मर्यादाविपरीत कांग्रेस सांसदलाई घिसारेर निकालिहाल भन्ने शब्दले झन् संसद उत्तेजित बनाइएकोप्रति आपत्ति छ,’ सचेतक क्षेत्रीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सभामुखलाई साँची राखेर मन्त्री केसीले अशोभनीय र अमर्यादित शब्द प्रयोग गरेको भन्दै कांग्रेसले विरोध गरेको हो।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको