यस्तो छ आजको मौसम : मुख्य नदी क्षेत्रमा सचेत रहन मौसमविदको आग्रह

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेकाले मनसुनी गतिविधि बढेको हो ।

देशका अधिकांश क्षेत्रको मौसम बुधबार दिनभर जसो सामान्यदेखि पूर्ण बदली हुने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । अधिकांश क्षेत्रमा मध्यम खालको वर्षा हुने देखिएको छ । विशेषगरी पश्चिमका केही तथा पूर्व र मध्यका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु बासीले बताइन् ।

बर्खे झरी पर्न सुरु भएकाले विशेषगरी रातिको समयमा पानी बेसी पर्ने उनले बताइन् । अबको केही दिन पार्नी लगातार पर्ने सम्भावना छ । रोपाइँ गर्न नपाएका किसानका लागि अब रोपाइँ गर्न मिल्ने गरी पानी पर्ने मौसमविदको भनाई छ ।

लगातार पानी पर्ने भएकाले विशेषगरी नदी किनार, तटीय क्षेत्र, खहरे खोला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । पानी पर्ने क्रम जारी रहने भएकाले अबको केही दिनमा देशका मुख्य नदी क्षेत्रमा पनि सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको