काठमाण्डाै – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।
यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
