दशैंमा घर जानको लागि अनलाइनबाटै बसको टिकट लिन सकिने

काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गरेको छ। विभागले विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएसंगै काउन्टरमै पुगेर टिकट लिनुपर्ने बाध्यता अन्त्य भएको हो ।

सफ्टवेयर निर्माणको काम सकिएको र असोजभित्रै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सफ्टवेयर निर्माणको काम सकिएको छ । अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने । हाल सार्वजनिक यातायातको टिकटका लागि काउन्टरमै पुग्नुपर्ने अवस्था छ । दसैं–तिहारजस्तो यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरी ठगी हुने गरेको छ । अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले दाबी गरे ।

यसका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

 

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको