काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको समर्थनमा एक युरोपेली नागरिकले अनसन सुरु गरेकी छिन्। डा केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना गर्दै युरोपेली नागरिक इमिलियाले आज एक दिन अनसन बस्ने भएकी हुन्।
‘डा केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले मैले उहाँको अनसनलाई समर्थन गरेकी हुँ,’ उनले भनेकी छिन्, ‘लेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरु थिए। यस्तै डा. गोविन्द केसी पनि उनीहरुजस्तै मध्येका एक हुन्।’
डा केसी चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर अनसनमा बसेको आज २४औं दिन पुगेको छ।
