के अब दशैं अघि लकडाउन हुन्छ ?

काठमाडौं – देशभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ। कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप शय्या व्यवस्थापन गरेर भए पनि लकडाउन घोषणा नगर्ने योजना रहेको बताए। ‘दसैंअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमका ती पदाधिकारीले भने।

कोरोना संक्रमितहरू घरमै र संस्थागत आइसोलेसनमा बसिरहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन्। घरमै ९ हजार १ सय ७२ जना आइसोलेसनमा बसेको प्रवक्ता गौतमको भनाइ छ। प्रवक्ता डा. गौतमले पनि तत्काल लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताए। ‘अस्पतालमा शय्या पुगेसम्म लकडाउन घोषणा हुँदैन’, उनले भने, ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ। जनताले केही नगर्ने, सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने ?’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन हुन सक्ने बताएका थिए।

उनले बुधबार भने कोरोना संक्रमण बढिरहेको बेला पनि बिनाकाममा बाहिर निस्कने, घुमफिर गर्ने, भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउने प्रवृत्ति कायम रहेकोमा चिन्ता व्यक्त गरे। ‘संक्रमितहरू बढेकाले बेड तथा अस्पताल थप्दै जानुपर्छ। कतिपय ठाउँमा अस्पताल पूरा क्षमतामा चलेका पनि छैनन्। बेडको व्यवस्थापन हुन सकेसम्म हामीले लकडाउन वा स्वास्थ्य संकटकाल कुनै पनि घोषणा गर्दैनौं’, उनले भने।

 

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको