काठमाडौँ- नेपालमा थप ४३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ९८६७४ पुगेको छ।
पछिल्लो अपडेट अनुसार २६६८४ जना सक्रिय संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा १८४७३ जनाको कोरोना परिक्षण गरिएको छ। काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आजै थप २६७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ७१३४३ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ।
