काठमाडौँ – पोसाकको दुरुपयोग भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिभिन्न चलचित्र, टेलिचलचित्र, छोटा चलचित्र, प्रांक भिडियो, म्युजिक भिडियो, टिकटक भिडियो, टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोगबारे ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने समेत विज्ञप्तीमा उल्लेख छ । यदी स्वीकृति नलिई प्रहरी पोसाकको प्रयोग गरे प्रचलिति कानुन बमोजिम कानुनी कारबाही हुने समेत प्रहरीले जनाएको छ ।

